लघुवित्त बैंकर्स संघकाे अध्यक्षमा रामबहादुर यादव निर्वाचित

-



     सफल आवाज    
     पौष ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ पुस । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव चयन भएका छन् । शुक्रबार सम्पन्न संघको साधारणसभाबाट यादवकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

संघको अध्यक्षमा आकांक्षी रहेका पूर्व अध्यक्ष बसन्तराज लम्सालले छाेडेपछि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हाे ।

संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । महासचिवमा सञ्जय मण्डल, सचिवमा गंगाराम पाण्डे र काेषाध्यक्षमा विनाेद आचार्य चयन भएका छन् ।

संघकाे सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बम, सौगात चौधरी, श्याम कटुवाल, शारदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।