आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

-



     सफल आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

छापावाल सुनमा १ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदीका व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १९ हजार ८ सयमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १९ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।