नेप्सेमा २१.०३ अंकको गिरावट, ७ अर्ब ११ करोडको कारोबार

- शिवम सिमेन्ट कारोबारमा अब्बल

-



     सफल आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ पुस । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०९ विन्दुमा झरेको छ । नेप्सेमा ०.९९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.२९ अंकले घटेर ३९१.३३ विन्दुमा पुगेको छ ।

१३ उपसमूहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । कुल ३०९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयरको खरिदबिक्रीबाट ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार । कम्पनीको ३० करोड ४३ लाख २८ हजार ६६ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।सबैभन्दा धेरै ज्योती विकास बैंक बोण्ड २०८७ को सेयरमूल्य घटेको सो बोण्डको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।