अमेरिकी डलरकाे भाउ स्थिर, यूराे घट्याे, अन्यकाे कति ?

-



     सफल आवाज    
     पौष ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउमा केहि घटबढ भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । यूरो १ को खरिददर १४६ रुपैयाँ १६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०० रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः