सोमबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     पौष ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ आईतबारकै कायम भई कारोबार भईरहेको बताएको छ ।

छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख १९ जार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा नै कारोबार भएको भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि यसदिन स्थिर रहेर तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो ।