कोशी, बागमती र गण्डकीमा आंशिक बदली, तराईमा हुस्सु

-



     सफल आवाज    
     पौष १० गते २०८० मा प्रकाशित



काठमाडाैं, १० पुस । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे जनाएकाे छ ।

हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु /कुहिरो लागेको छ ।

पुस १० गते (मंगलबार)

दिउँसो:  सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती : सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

पुस ११ गते (बुधबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती : कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

पुस १२ गते (बिहीवार)

दिउँसो: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।