मंगलबार अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

-



     सफल आवाज    
     पौष १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ बढेको छ भने अन्य केहि देशको मुद्राको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । यूरो १ को खरिददर १४६ रुपैयाँ २० पैसा र बिक्रीदर १४६ रुपैयाँ ८६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३९ पैसा र बिक्रीदर ९० रुपैयाँ ८० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ १२ पैसा र बिक्रीदर १०० रुपैयाँ ५८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः