सर्वोत्तम सिमेन्टले पायाे बुक विल्डिङमार्फत आइपीओ निष्काशनकाे अनुमति

-



     सफल आवाज    
     पौष १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० पुस । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक विल्डिङमार्फत सेयर (आइपीओ) निष्काशन गर्ने अनुमति दिएकाे छ ।

कम्पनीले सेबाेनबाट १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो । यसमा सर्वसाधारणले प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले सेयर सेयर खरिद गर्नेछन् । 

कम्पनीले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँमा संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता सेयर बोलकबोल गरेकोमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर सेयर बाँडफाँट गरिएको थियो ।

बुक विल्डिङबाट सेयर बिक्री गर्न संस्थागत लगानीकर्ताले दिएकाे बोलपत्रलाइ आधार मानेर कायम भएको कट अफ मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणक लागि सेयर गर्नुपर्ने व्यवस्था छ ।

सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।