बुधबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

-



     सफल आवाज    
     पौष ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो लगायतका अन्य केहि देशको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४२ पैसा रहेको छ । यूरो १ को खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४१ पैसा र बिक्रीदर ९० रुपैयाँ ८२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ३३ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः