हाथवे, फर्स्ट माइक्रोफाइनान्स र तारागाउँकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष ११ गते २०८० मा प्रकाशित



काठमाडाैं ११ पुस । आज तीन कम्पनीहरू हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ ।

तीनवटै कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बिहबार पुस १२ गते बुकक्लोज गर्ने भएकाेले सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबारर गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू लाभांश पाउन र साधारण सभामा भाग लिन याेग्य मानिनेछन् ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड

हाथवे इन्भेष्टमेन्ट नेपालले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । यसमा १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद लाभांशसहित ११.०५२ प्रतिशत लाभांश रहेको छ।

उक्त लाभांशकाे प्रस्ताव अनुमाेदनका लागि पुस २६ गते कम्पनीकाे १५औं साधारण सभा बाेलाइएकाे छ । साे सभा काठमाडाैं, लैनचौरमा रहेकाे लैनचाैर ब्याङ्क्वेटमा बेालाइएकाे हाे । सभा पूर्वान्ह १० बजे बाेलाइएकाे छ।

फर्स्ट माइक्रोफाइनान्स

पुस २८ गते फर्स्ट माइक्रोफाइनान्सकाे १४औं साधारण सभा डाकिएकाे छ । सभा आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा बेालाइएकाे हाे । सभा बिहान १० बजे बाेलाइएकाे छ ।

सभाबाट ७.५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।

यस्तै सभाका लागि अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, सञ्चाचलकहरुको नियुक्ति, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्रने लगायतका एजेण्डाहरू रहेका छन्।

तारागाउँ रिजेन्सी हाेटल लिमिटेड

तारागाउँ रिजेन्सी हाेटल लिमिटेडले पुस २४ गते २७औं साधारणा सभा डाकेकाे छ । साे सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट ४ प्रतिशतका दरले बोनस तथा ११ प्रतिशत नगद लाभांशसहित १५ लाभांशकाे प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै कम्पनीकाे प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरुमाथि छलफल गरी पारित गरिने भएकाे छ ।