नेप्से १७.१४ अंकले घट्याे, ५ अर्ब २४ करोडको कारोबार

-



     सफल आवाज    
     पौष ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ पुस । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । पुनः नेप्से नकारत्मक लयमा देखिन थालेपछि लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.१४ अंकले घटेर २०७०.८४ विन्दुमा झरेको छ । नेप्सेमा ०.८२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.२५ अंकले घटेर ३८७.०७ विन्दुमा रहेको छ ।

१३ उपसमूहमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । यसदिन कुल ३०७ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १९ करोड ६६ लाख ६४ हजार ७९३ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै बिपिडव्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।