अमेरिकी डलर र यूरोको भाउ बढ्दै, अन्यकाे कति ?

-



     सफल आवाज    
     पौष १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो लगायतका अन्य केहि देशको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो १ को खरिददर १४७ रुपैयाँ ८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ४० पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५६ रुपैयाँ ३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ १ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ६४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः