२० अर्बकाे निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     पौष १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ पुस । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले निक्षेप तानिरहेकाे छ । दुई दिनमा नै केन्द्रीय बैंकले ५५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको छ ।

बैंक बुधबार ३५ अर्ब रुपैयाँ तानको थियाे । बजारमा अधिक तरलता भएपछि त्यसकाे व्यवस्थापन मिलाउन आज फेरि २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेकाे जनाएकाे छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलबाट आवेदन दिन पाउनेछन् । बजारमा रहेको अधिक तरलताकाे व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दछ। राष्ट्र बैंकले ७ दिनका लागि साे उपकरण प्रयोग गर्ने भएकाे हाे । 

साे रकमकाे साँवा र ब्याज पुस १९ गते भुक्तानी हुनेछ । ब्याजदर बोलकबोल बाटै तय हुने भएकाे छ । बैंकका अनुसार सहभागि हुन चताहने बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न पाउने छन् ।