सुन तोलाको १ लाख २२ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     पौष १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ पुस । आज सुनको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनमा रूपैयाँ १९ सय र चाँदीमा रूपैयाँ १५ ले बढेकाे छ ।

साताको सुनचाँदीको कारोबार हुने आज पाँचौ दिन हो । बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर साे उच्च विन्दुमा पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १९ सयले बढेर तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १९ सयले बढेर तोलाको १ लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।