आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

-



     सफल आवाज    
     पौष १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । यूरो लगायतका अन्य केहि देशको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७७ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । यूरो १ को खरिददर १४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ६१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ ४५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ८४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः