यी ६ वटा कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     पौष १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ पुस । आज नेपाल स्टक एक्सचेञ्जमा ६ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेका अनुसार हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त तथा राधी विद्युतको सेयरमूल्य समायोजन गरिएको हो।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेकाेले नेप्सेमा उनीहरुकाे सेयरमूल्य समायोजन गरेर नयाँ सेयरमूल्य कायम गरिएकाे हो।

हिमालयन डिष्टिलरीको १० प्रतिशत, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत, घोराही सिमेन्ट्सको १५ प्रतिशत, सपोर्ट लघुवित्तको १३ प्रतिशत सेयरमूल्य समायाेजन भएकाे छ ।

यस्तै आत्मनिर्भर लघुवित्तको १० प्रतिशत तथा राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर समायोजन भएकाे छ। समायोजपछि हिमालयनको सेयरमूल्य १ हजार ७२५ रुपैयाँ ४५ पैसा कायम भएकाे छ ।

साना किसानको ८८८ रुपैयाँ ३२ पैसा, घोराहीको ५०२ रुपैयाँ ६१ पैसा तथा सपोर्ट लघुवित्तको ९५५ रुपैयाँ ७५ पैसा कायम भएकाे छ । आत्मनिर्भरको १ हजार ६५९ रुपैयाँ ९ पैसा र राधी विद्युतको २२८ रुपैयाँ ६४ पैसा कायम गरिएकाे छ।

हिमालयन डिष्टिलरी

हिमालयन डिष्टिलरीले यही पुस २५ गते लिपनिविर्तामा रहेकाे रजिष्टर्ड कार्यालयमा २३ औ‌ साधारण सभा बाेलाएकाे छ । सभा बिहान १० बजे बाेलाइएकाे छ । सभाबाट १० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांशसशित २५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।

राधी विद्युत कम्पनी

राधी विद्युत कम्पनीकाे साधारण सभा पुस २९ गते बेालाइएकाे छ । सभा त्रिपुरेश्वर, काठमाडौँमा रहेकाे कार्यालयमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा ४‍.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।

आत्मनिर्भर लघुवित्त

आत्मनिर्भर लघुवित्तकाे पाँचौ साधारण सभा पुस २८ गते दाङकाे घाेराहीमा होटल माला ईनमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभाबाट १० प्रतिशत बोनस र कर प्रयाेजनका लागि ५ प्रतिशतसहित १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।

घोराही सिमेन्ट

घोराही सिमेन्टकाे तेस्रो साधारण सभा पुस २८ गते दाङकाे घोराही उप महानगरपालिका वडा नं १५ भरतपुरमा रहेकाे होटल पौवामा डाकिएकाे छ। सभा बिहान ९ बजे बाेलाइएकाे छ । सभाबाट १५ प्रतिशत बोनस वितरणकाे प्रस्ताव पारित गरिनेछ ।

सपोर्ट लघुवित्त

सपोर्ट लघुवित्तकाे नवौ साधारण सभा पुस २७ गते दुर्गा पार्टी प्यालेस इटहरीमा बिहान साढे ९ बजे बेालाइएकाे छ । सभामा १३ प्रतिशतका दरले बोनस र कर प्रयोजनका लागि ०.६८४ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।

साना किसान लघुवित्त

साना किसान लघुवित्तले पुस २९ गते २२ औँ साधारण सभा बाेलाएकाे छ । सभा कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभाबाट १४.२५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ ।