आज सुन तोलामा १३ सयले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     पौष १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १३ सयले घटेर तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।