जगदम्बा सिमेन्ट इन्डस्ट्रिजकाे व्यापार ४६ प्रतिशतले कमि

-



     सफल आवाज    
     पौष १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ पुस । जगदम्बा सिमेन्ट इन्डस्ट्रिजकाे व्यापार अघिल्लाे वर्षकाेभन्दा घटेकाे छ ।

कम्पनीले वर्ष २०२३ मा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ व्यापार गरेको जनाएकाे छ । जाे २०२२ को भन्दा ४६ प्रतिशतले कमि भएकाे जनाइएकाे छ । वर्ष २०२२ मा कम्पनीकाे व्यापार २ अर्ब ६८ करोड बढीकाे भएकाे थियाे । 

२०२१ मा २ अर्ब ९२ करोड व्यापार गरेकाे कम्पनीले सन् २०२० मा २ अर्ब ४४ करोड तथा २०१९ मा ३ अर्ब ७९ करोड ४० रुपैयाँ व्यापार गरेको थियाे ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार जगदम्बाकाे कर्जा रेटिङ घटेको छ । जसकाे कर्जा रेटिङ रूपैयाँ १ अर्ब २३ करोड ८० लाख रहेकाे छ । 

जगदम्बा सिमेन्ट इन्डस्ट्रिज सन् २००१ मा स्थापना भएको कम्पनी हो । जसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

बजारमा छाएकाे मन्दि, उत्पादनमा कमि हुनु, बैंककाे अस्थिर खालकाे ब्याजदर, तरलताकाे दबाब लगायतका कारण कम्पनीले व्यापार घटा व्यहाेर्नु परेकाे जनाइएकाे छ ।