विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     पौष १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ, यूरो लगायतका अन्य देशहरूकाे मुद्राको भाउ स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । यूरो १ को खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ १० पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५९ रुपैयाँ १० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ २१ पैसा र बिक्रीदर १०० रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ६७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः