लाभांश पारित गर्न निफ्राले डाक्याे पुस १७ गते एजिएम

-



     सफल आवाज    
     पौष १५ गते २०८० मा प्रकाशित



काठमाडौ, १५ पुस । लाभांश वितरणकाे विशेष प्नस्ताव पारित गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पुस १७ गते साधरण सभा डाकेकाे छ ।

बैंककाे साधारणा सभा काठमाडाैं बत्तिसपुतलीमा रहेकाे अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवटमा बिहान ९ बजे बाेलाइएकाे छ । 

सभाबाट ४.२१०५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्तावमाथि छलफल गरी पारित गरिने भएकाे छ । यस्तै सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका बैंकका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिने भएकाे छ ।

सभामा आर्थिक वर्ष २०८०–८१ का लागि पेश गरिने लेखापरीक्षककाे नियुक्तिकाे प्रस्ताव तथा पारिश्रमिक ताेक्ने, प्रबन्धपत्र संशोधनकाे जिम्मेवारी संचालक समितलाई दिने लगायतका एजेण्डाहरू पेश गरिने भएकाे छ ।

सभाबाट संस्थापक समूहबाट ३ जना सञ्चालकहरूको चयन गरिनेछ । बैंकले साधारण सभाकाे प्रयोजनार्थ यसअघि पुस ६ गते नै बुकक्लोज गरिसकेको छ ।

लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले पुस ५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।