सोमबार अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

-



     सफल आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो लगायतका अन्य केहि देशहरूको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ८४ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ४४ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ २८ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ८८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ५४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४८ पैसा र बिक्रीदर ९० रुपैयाँ ८९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ २८ पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ६७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १३ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः