आज सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । भाउ स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा कारोबार भईरहेको छ ।

यसदिन छापावाल सुन तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि तेजाबी सुन तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा नै कारोबार भएको थियो ।