नेप्सेमा ८.७५ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

-



     सफल आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

सार्वजनिक बिदापछि खुलेको पहिलो काराेबार भएकाे दिनमै नेप्से ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा झरेको छ । नेप्सेमा ०.४२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले घटेर ३८३.०७ विन्दुमा रहेकाे छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेको ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २० करोड १३ लाख ७३ हजार ६६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.०९ प्रतिशतले घटेको छ ।