देशमा विदेशी मुद्राकाे सञ्चिति बढ्यो, मुद्रास्फिर्ति घट्याे

-



     सफल आवाज    
     पौष १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ पुस । हाल नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति बढेको पाइएकाे छ। साथै मुद्रास्फिर्ति घटेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङका अनुसार सन् २०२३ मा विश्वभर वस्तुको मूल्य घट्दा नेपालमा पनि मुद्रास्फिर्ति घटेको जनाएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति आयातमा भएकाे कमीले बढेको हो ।

केयर रेटिङले प्रकाशन गरेकाे तथ्यांक अनुसार गत नोभेम्बरसम्म विदेशी मुद्रा सञ्चिति १२ अर्ब ८० करोड डलर पुगेको थियाे । गत जुलाईमा ११ अर्ब ७० करोड डलर थियो । मुद्रस्फीति ५.४ प्रतिशतले बढेको छ । होलसेल मूल्यको मुद्रास्फिर्ति २.१० प्रतिशत छ ।

नोभेम्बर महिनासम्म आयात २०.५० प्रतिशतले घटेको छ । निर्यातमा भने २५.२० प्रतिशतले घटेको छ । बैंक रेट ७.५ प्रतिशत कायम छ भने रिपो रेट सन् २०२३ को जुलाईमा ७ प्रतिशत रहेकाेमा हाल घटेर ६.५० प्रतिशत कायम भएको देखिएकाे छ ।