लुम्बिनी, गरिमा विकास बैंक र छिमेक लघुवित्तकाे सेयरमूल्य समायोजन

-



     सफल आवाज    
     पौष १७ गते २०८० मा प्रकाशित



काठमाडाैं, १७ पुस । दुईवटा बिकास बैंक तथा एक लघु वित्तकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएकाे नेप्सेले जनाएकाे छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तीनवटै कम्पनीहरुले बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो।

लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस समाजाेन भएकाे छ । गरिमा विकास बैंकको ९.५० प्रतिशत तथा छिमेक लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजन भएकाे छ ।

समायोजन भएपश्चात लुम्बिनीको सेयरमूल्य ३८६ रुपैयाँ ५४ पैसा, गरिमाको ३७४ रुपैयाँ ४३ पैसा र छिमेकको ८६५ रुपैयाँ ७१ पैसा कायम भएको छ। अघिल्लो कारोबारकाे आधारमा नेप्सेले यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो।

गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले पुस २९ गते, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा १७ औँ साधारण सभा डाकेकाे छ। सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

छिमेक लघुवित्तले पुस २९ गते, आइतबार, होटल सामना, हेटौँडामा २२ औँ साधारण सभा डाकेकाे छ। सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशतका नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ।

लुम्बिनी विकास बैंकले पुस २६ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १६ औँ साधारण सभा बाेलाएकाे छ । सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ। सभाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस र करसहित ४.५० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।