विन्ध्यवासिनी हाईड्रोपावरले पाैष २६ मा बाेलायाे साधारण सभा

-



     सफल आवाज    
     पौष १७ गते २०८० मा प्रकाशित



काठमाडाैं,१७ पुस । विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडेको वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । उक्त साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत लाभाश वितरण गर्ने कम्पनीले बताएको छ । साथै उक्त सभामा आर्थिक वर्ष २०८९–०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि स्वीकृत गरिनेछ ।

सभामा भाग लिन चाहने शेयरधनीले विहान ९ बजेभित्र सभाहलमा प्रवेश गसिरसक्नु पर्नेछ । साथै आफ्नो परिचय खुल्ने प्रमाणपत्र लिएर आउनुपर्ने कम्पनीले जनाएकाे छ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागि हुन पाईने बताइएकाे छ ।