नेप्सेमा ३०.०५ अंकको गिरावट, करिब साढे ४ अर्बको कारोबार

-



     सफल आवाज    
     पौष १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा नकारात्मक लय देखिएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको छ । नेप्सेमा १.४५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.५४ अंकले घटेर ३८०.५३ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये सबैमा रातो लागेको छ। यसदिन कुल ३०५ कम्पनीहरुको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ४४ करोड ६ लाख ५९ हजार ९२२ रुपैयाँ ७३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कमपनीको १६ करोड ११ लाख ७ हजार ९५६ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ।

सबैभन्दा बढी चीरख्वा हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । सबैभन्दा बढी हिमालयन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।