राष्ट्रिय बीमा कम्पनी,आईजीआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरेन्स किन परे कारबाहीमा ?

-



     सफल आवाज    
     पौष १७ गते २०८० मा प्रकाशित



काठमाडाैं, १७ पुस । नेपाली बीमा प्राधिकरणले ३ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। कारबाही पर्ने बीमा कंपनीहरूमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन । उनिहरूलाइ जनही २ लाख नगद जरिवाना सहित कारबाही गरिएकाे बताइएकाे छ ।

कंपनीकाे स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, आम्दानीको स्रोत नखुलाई बीमा गरेर सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा समस्या पाइएको जस्ता कैफियत भेटिएको प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीलाई नगद जरिवानासहित कारबाही गरेको बीमा प्राधिकरणको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन ।