
काठमाडाैं, १८ पुस । आज पुस महिनाकाे १८ गते सेयर लगानीकर्ताहरूका लागि ७ कम्पनीहरूकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ ।
साधारणा सभा तथा लाभांश वितरण प्रयोजनका लागि नेपाल टेलिकम, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीले बिहिबार बुकक्लोज गर्ने भएकाेले आजसम्म लाभांश सुरक्षित गरिसक्नु पर्नेछ ।
लगानीकर्ताहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरू सभामा भग लिन र लाभांश पाउन याेग्य मानिनेछन् ।
नेपाल टेलिकम
नेपाल टेलिकमले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा डाकेकाे छ। साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ। सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँकाे दरले नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ । साथै सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको चयन गरिने भएकेा छ ।
शिवम् सिमेन्ट्स
शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । लाभांश पारित गर्न पुस २७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ साधारण सभा बिहान ९ बजे डाकिएकाे छ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंककाे ३ औँ साधारण सभा पुस २६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा डाकिएकाे छ । सभा दिउँसो २ बजे बाेलाइएकाे छ । सभाबाट हाल कायम रहेकाे चुक्ता पूँजीको ७ प्रतिशतका बोनस र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।
मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंककाे १७ औँ साधारणा सभा पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा डाकिएकाे छ । सभाले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । सभा दिउँसो १ बजे बाेलाइएकाे छ ।
महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंककाे २२ औँ साधारण सभा पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौरमा डाकिएकाे छ । सभाले ६.४० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ ।
ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते, बेस्ट रिसोर्ट, लेकसाइड पोखरामा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ ।
बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५% नगद लाभांश वितरण गर्ने भएकाे छ । साे लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बाेलाएकाे छ । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




