जीवन विकास लघुवित्त, युनिभर्सल र कालिका पावरकाे सेयरमूल्य समायोजन

-



     सफल आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित



काठमाडाैं, १८ पुस । जीवन विकास लघुवित्त, युनिभर्सल पावर कम्पनी र कालिका पावर कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि यी कम्पनीहरुले बुकक्लोज गरेपछि नेप्सेले कम्पनीहरूकाे अघिल्लाे दिनकाे काराेबारकाे आधारमा नयाँ मूल्य निर्धारण गरेकाे हाे ।

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस समायाेजन भएकाे छ । युनिभर्सल पावरको ८.५५ प्रतिशत तथा कालिका पावरको १० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ ।

मूल्य समायाेजन गरिएपछि जीवन विकासको सेयरमूल्य १ हजार ३२२ रुपैयाँ २ पैसा कायम भएको छ । युनिभर्सलको २०१ रुपैयाँ ७५ पैसा तथा कालिका पावरको ३३४ रुपैयाँ ५५ पैसा कायम भएको नेप्सेले जनाएकाे छ।

यूनिभर्सल पावर कम्पनी

यूनिभर्सल पावर कम्पनीले पुस २९ गते आफ्नै कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमामा साधारण सभा डाकेकाे छ । सभा दिउँसो १२ः१५ बजे अनलाइनबाट बाेलाइएकाे छ । सभाबाट ८.५५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ ।

कालिका पावर

कालिका पावरले पुस २८ गते दियालो फुडल्याण्ड चितवन प्रा.लि., भरतपुरमा साधारण सभा डाकेकाे छ। सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ। सभाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ।

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्न पुस २९ गते पाँचौ साधारण सभा बाेलाएकाे छ । सभा आफ्नै केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा बाेलाइएको छ।