एपोलो हाईड्रोपावरले मुक्तिनाथ क्यापिटलसँग गर्याे साधारण शेयर निष्काशनकाे प्रत्याभूति सम्झौता

-



     सफल आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित




काठमाडाैं, १८ पुस । एपोलो हाईड्रोपावरले सर्वसाधारणमा निष्काशन गर्नेे १४,१०,००० कित्ता साधारण शेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटल लि. सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।

यस कम्पनीले नेपाल विद्युत प्राधिकरण संग मिति २०७५ साल श्रावण २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको बताइएकाे छ ।