
पाेखरा, १९ पुस । पोखरा विश्वविद्यालय र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकआपसमा शैक्षिक एवम् अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुंगेपाटन, कास्कीमा आयोजित उक्त समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा. पुनम टण्डनले हस्ताक्षर गरे ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी लगायत सङ्कायका डीनहरू एवम् विभिन्न निकायका प्रमुखहरूको समुपस्थितिमा हस्ताक्षर सम्पन्न भएको उक्त समझदारी पछि दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलन लगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ ।
यस समझदारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूबीच शैक्षिक, व्यावसायिक र सांस्कृति गतिविधिहरूलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तरक्रिया र मित्रता प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । साथै कुनै पनि कार्यक्रम दुबैतर्फ बाञ्छनीय र सम्भाव्य महसूस भएमा एकआपसमा प्रस्ताव गरी दुबै पक्षले आयोजना गर्न सक्नेछन् ।
सम्झौता समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा. पुनम टण्डन र अन्तर्राष्टिय सेलका निर्देशक डा. रामवन्त गुप्ता एवम् पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा. उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवम् अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा विचारहरू राखे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




