आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     पौष १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । यूरो लगायतका अन्य केहि देशहरूको मुद्राको भाउमा पनि थपघट भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९५ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ५५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८८ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ५९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५५ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ४० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ५० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०० रुपैयाँ ८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८६ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः