यी ३ कम्पनीहरूकाे सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     पौष १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ पुस । नेपाल स्टक एक्सचेञ्जले दुईवटा बैंक एक सिमेन्ट कम्पनीकाे सेयरमूल्य समायाेजन गरेकाे छ । सेयरमूल्य समायाेजन गरिएकाहरूमा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट्स रहेका छन्।

लक्ष्मी सनराइज बैंककाे सेयरमूल्य समायाेजनपछि १८१.५९ पैसा कायम भएकाे । मुक्तिनाथ विकास बैंककाे सेयरमूल्य ३७१.७५ पैसा कायम भएकाे छ भने शिवम सिमेन्ट्सकाे सेयरमूल्य ५१७ रूपैयाँ २९ पैसा कायम भएकाे छ ।

यी कम्पनीहरूकाे अघिल्लो दिन भएकाे कारोबारकाे अन्तिम मूल्यलाई आधार मानेर सेरमूल्य समायोजन गरिएकाे हो। दोस्रो बजारमा बुधबार लक्ष्मी सनराइजको सेयर १९४ रुपैयाँ ३० पैसा, मुक्तिनाथको ४०८ रुपैयाँ र शिवम सिमेन्ट्सकाे ५९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले पुस २६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा २३ औँ वार्षिक साधारण सभा डाकेकाे छ। सभा दिउँसो २ बजे बाेलाइएकाे हाे । सभामा ७ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरणकाे विशेष प्रस्ताव पारित हुनेछ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले १०.२६३२ प्रतिशत लाभांश वितरण गर्नेछ । यसमा ९.७५ प्रतिशत बोनस र ०.५१३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ। साे प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते दिउँसो १ बजे सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण सभा डाकेकाे छ।

शिवम् सिमेन्ट्स

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस दिने भएकाे छ । यसकाे कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित पुस २७ गते आठौँ साधारण सभा बाेलाएकाे छ । सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ९ बजे बाेलाइएकाे छ।