
काठमाडौं, १९ पुस । बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।
तीनवटै कम्पनीहरूले पुस २० गते बुक क्लोज गर्ने भएकाेले आजसम्म लाभांश सुरक्षित गरिसक्नु पर्नेछ । यसरी नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरू मात्रै सभामा भाग लिन र लभांश पाउन याेग्य मानिनेछन् ।
बोटलर्स नेपाल (तराई)
बोटलर्स नेपाल (तराई) ले गत वर्षको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साे लाभांश वितरणकाे प्रस्ताव पारित पुस २७ गते साधारण सभा डाकिएकाे छ । कम्पनीकाे साधारण सभा सोल्टि होटल, काठमाडौंमा मध्यान्ह १२ बजे बाेलाइएकाे छ ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साे भांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा डाकेकाे छ । सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ ।
मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस दिने भएकाे छ । यसकाे कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले लाभांश पारित गर्नका लागि पुस २९ गते साधारण सभा डाकेकाे छ । सभा फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




