सुन तोलामा १३ सयले गिरावट, चाँदी पनि घट्यो

-



     सफल आवाज    
     पौष १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ पुस। साताको सुनचाँदी कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन पहेलो धातु सुन रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १३ सयले घटेर तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबकार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १३ सयले घटेर तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले घटेर तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।