यी ५ कम्पनीहरूको साधारण सभा आज

-



     सफल आवाज    
     पौष २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० पुस । चिलिमे जलविद्युत कम्पनी, नेपाल फाइनान्स, सिटी होटल, बुद्धभूमि नेपाल हाइड्रोपावर र आँखुखोला जलविद्युताकाे साधारण सभा आज हुँदैछ । यी पाँच कम्पनीमध्ये चिलिमे जलविद्युत कम्पनीले मात्रै साधारण सभामा लाभांश वितरणकाे प्रस्ताव गर्दै ।

चिलिमे जलविद्युत कम्पनी

चिलिमे जलविद्युत कम्पनीको २७ औं साधारण सभा राष्ट्रिय सभागृह भृकुटीमण्डप, काठमाडौंमा पूर्वान्ह ११ बाेलाइएकाे छ । सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बाेनस र ५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्ने भएकाे छ ।

नेपाल फाइनान्स

नेपाल फाइनान्सको ३१ औं साधारण सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा पूर्वान्ह ११ बाेलाइएकाे छ । सभामा उपयुक्त लागेकाे अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानु परे त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिइने भएकाे छ । सभामा लाभांशकाे प्रस्ताव पेश नहुने भएकाे छ ।

सिटी होटल लिमिटेड

सिटी होटल लिमिटेडको साधारण सभा कालिमाटी ब्याक्वेटमा बिहान ११ः३० बाेलाइएकाे छ । सभामा लाभांश वितरणकाे प्रस्ताव नगिरने जनाइएकाे छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल गरिने भएकाे छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर

बुद्धभूमि नेपाल हाइड्रोपावरको सभा अम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी काठमाडौंमा पूर्वान्ह ११ बाेलाइएकाे छ ।सभाले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएकाे छ । तर लाभांश वितरणकाे प्रस्ताव पेश नहुने भएकाे छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल गरिनेछ ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड

आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा बैभव पार्टी प्यालेस मैतीदेवीमा पूर्वान्ह ११ बाेलाइएकाे छ । सभामा लाभांश सम्बन्धी प्रस्ताव पेश नहुने भएकाे छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल गरिने जनाइएकाे छ ।

यस्तै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, सर्वसाधारण सेयरधनीहरुबाट १ जना सञ्चालक चयन गर्ने प्रस्ताव लगायतका एजेण्डा रहेका छन् ।