यस्ताे छ सानिमा बैंककाे नयाँ वर्ष विशेष योजना

-



     सफल आवाज    
     पौष २० गते २०८० मा प्रकाशित



काठमाडाैं, २० पुस । सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा आफ्ना बैंकका ग्राहकका लागि विशेष योजना ल्याएकाे छ । 

नयाँ सार्वजनिक गरिएकाे योजना अवधिभरी सानिमा डोमेस्टिक डेबिट कार्डको लागि आवेदन दिने ग्राहकहरुले ताेकिएकाे शुल्कमा २४ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

बै‌कका अनुसार यो योजना २०८० पौष २२ देखि २०८० माघ ११ गतेसम्म लागू हुने भएकाे छ । बैंकले ग्राहकका लागि विभिन्न छुटहरु दिइरहेकाे छ । साथै विभन्न आकर्गक याेजनाहरुस‌गै डिजिटल भुक्तानीको प्रयोग गर्दै आएकाे छ ।

बैंकले देशका सातवटै प्रदेशमा १३३ वटा कार्यालयबाट सेवा दिइरहेकाे छ । यसले १२३ वटा ए.टि.एम. संचालनमा गरिरहेकाे छ। सानिमा डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्गमा अस्पतालहरु, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट र मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था गरेकाे जनाएकाे छ ।