
काठमाडाैं, २० पुस । नेपाल धितोपत्र बोर्ड (सेबाेन)का अध्यक्ष रमेश कुमार हमाल आज पुस २० गते शुक्रबार देखि औपचारिक रुपमा बिदा भएका छन् ।
हमालले कार्यालयकाे लेटरप्याडमा अन्तिम दस्तखत गरेर सबैमा कृतज्ञता व्यक्त गर्दै बाेर्डकाे कार्यभारकाे यात्रा सकिएकाे बताएका छन्।
हमालले जारी गरेकाे कृतज्ञता सम्बन्धकाे पत्रमा लेखिएकाे छ, सार्वजनिक भूमिकामा बिल्कुल नयाँ अनुभव र प्रयास गर्ने गरी २०७८ फाल्गुन गते नेपाल धिताे पत्र बाेर्डकाे अध्यक्षकाे रूपमा मेराे यात्रा सुरू भएकाे हाे ।
यस यात्राकाे क्रममा नेपालकाे दीर्घकालिन आर्थिक समृद्धिमा सहयाेगी हुने कयाैं सकारात्मक सुधारका प्रयास शुरू भए । स्टार्ट अप तथा उद्यमशिलता विकास र पूँजी निर्माणकाे सबलिकरण एवं एसएमइकाे माध्यमले एक नयाँ आयाम सिर्जना गर्नेछ ।

सुशासन, प्रतिस्पर्धा र गुणवत्ताको वातावरण मार्फत बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने र उच्चतम जवाफदेहिता राखी कानुन कार्यान्वयनको स्थिरताबाट लगानीकर्ताको हीत संरक्षणमा निरन्तरता दिएकाे लेखेका छन्।
उनले विशेष गरी “स्तुतिको संस्कारबाट “कार्यसम्पादन संस्कार” को रूपान्तरणमा एक दियो बालेर आज २०८० पुस २० गते यो यात्रा समाप्त भइरहेको छ, उनले जारी गरेको कृतज्ञता पत्रमा लेखिएकाे छ ।
हमालले आगामी दिनमा सार्वजनिक भूमिकामा नरहे पनि एक सचेत नेपाली नागरिकको रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा सधैँ नै प्रयत्नशील रहिरहने बाचा गरेका छन् ।
उनकाे पदावधि समाप्तिकाे बारेमा आजै बोर्डले एक कार्यक्रम गरेर बिदाइ गरेकाे छ । बोर्डका कार्यकारी निर्देशकहरुले मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा कर्मचारी युनियनका पदाधिकारीहरू तथा बोर्डका कर्मचारीको उपस्थिति रहेकाे थियाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




