आज अमेरिकी डलर, यूरो तथा अन्यको भाउ स्थिर

-



     सफल आवाज    
     पौष २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ, यूरो तथा अन्य देशहरूको मुद्राको भाउ स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७५ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ३५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५१ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ७३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ३१ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः