
काठमाडाैं, २२ पुस । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्ष ल्याउँदै सेयर बजारप्रति लचिलो भएको सन्देश दिएपछि करिब दुई हप्ता उकालो लागेको सयर बजार त्यसपछि लगातार ओरालोको यात्रामा गएको छ ।
साताको सेयर कारोबार हुने पहिलो दिन आज आईतबार पनि सेयर बजार नकारात्मक लयमा गएको छ । लगातारको सेयर बजारको गिर्दो अवस्थाले लगानीकर्तालाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२१ को विन्दुमा झरेको छ । नेप्सेमा १.३८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.१२ अंकले घटेर ३७३.०४ विन्दुमा रहेको छ ।
कुल १३ उपसमूहहरुमध्य एउटा हाईड्रोपावरमा मात्रै हरियो लागेको छ । बाँकी १२ वटामा रातो लागेको छ । कुल ३०४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँ ८५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको २८ करोड ५ लाख ६ हजार ४०४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाले गुमाएको छ । संस्थाको सेयरमूल्य ६.६९ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




