
काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले १७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । साे बीलकाे आज दिउँसाे बाेलकबाेल हुने भएकाे छ।
बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएकाे छ। बैंकले १७ अर्ब मध्ये १४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । ३ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको सूचनामा जनाएको छ ।
बैंकले भाेलि मंगलबार पुस २४ गते जारी गर्ने ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो २ बजे बोलकबोलमा सहभागि हुन आग्रह गरेकाे छ ।
बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्नेः भएकाे हाे । यो बिल ट्रेजरी चैत २७ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ भने ३ अर्बकाे अर्काे नवीकरण हुने भएकाे छ । यो ट्रेजरी २०८१ साल असार २६ गते परिपक्व हुनेछ ।
के हो ट्रेजरी बिल ?
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था रहेकाे छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने सुविधा रहेकाे छ । यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत बोलकबोलमा सहभागी हुन पाउने भएका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




