सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     पौष २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।