
काठमाडौँ, २४ पुस । नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल पुरा भएसँगै अहिले बोर्ड नेतृतव विहिन रहेको छ । बोर्डको अध्यक्ष बन्न अहिले दौडधुप सुरु भएको छ । बोर्डको अध्यक्ष बन्ने दौडमा अहिले ६ जना देखिएका छन् । बोर्डमा आगामी ४ वर्षको कार्यकालका लागि आफ्नो दावी प्रस्तुत गर्दै बोर्डकै ३ कार्यकारी निर्देशकसहित ६ जना सक्रिय छन् ।
अध्यक्ष बन्नका तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद र राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी डा. गोपाल भट्टको नाम चर्चामा छ ।
यस्तै बोर्डकै पहिलो नम्बरका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तेस्रो नम्बरका कार्यकारी मुक्तिनाथ श्रेष्ठ र चौथो नम्बरका कार्यकारी कृष्णराज पोखरेल, बोर्डका पुर्व कार्यकारी निर्देशक निरज गिरीको समेत नाम चर्चामा छ ।
पुँजी बजार निकै संवेदनशील क्षेत्र भएकाले सेबोनमा नेतृत्व गर्ने व्यक्तिले बोल्ने विषयलगायतमा धेरै चासोका साथ हेर्ने गरिन्छ । बोर्डको अध्यक्ष छान्दा छनोट समितिमा राष्ट्रिय योजना आयोगका सम्बन्धित सदस्य संयोजक, अर्थसचिव र विज्ञ सदस्य रहने प्रावधान छ । तर, बोर्ड अध्यक्ष नियुक्त हुँदा आयोगका अध्यक्ष आफैं संयोजक बन्ने गरेका छन् ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




