मंगलबार अमेरिकी डलर, यूरोसहित अन्यको भाउ घट्यो

-



     सफल आवाज    
     पौष २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउ पनि घटेको बैंकले जनाएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७३ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ३३ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ४८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ६८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०० रुपैयाँ १७ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः