
काठमाडौं, २४ पुस । आज पाँच कम्पनीहरुकाे साधारण सभा हुँदैछ । तारागाउँ रिजेन्सी होटल्स, भगवती हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरकाे साधारण सभा बाेलाइएकाे हाे ।
पाँच कम्पनीमध्ये दुइले मात्रै लाभांश वितरणकाे प्रस्ताव गरेका छन् । उनीहरुमा तारागाउँ रिजेन्सी हाेटल र भगवती हाइड्रोपावर रहेका छन् । बाँकी ३ कम्पनीको सभामा साे प्रताव पेश नहुने भएकाे छ ।
तारागाउँ रिजेन्सी
तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा ४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ११ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पेश गरिने भएकाे छ ।
भगवती हाइड्रोपावर
भगवती हाइड्रोपावरको साधारण सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । सभामा १०.५२६३ प्रतिशतका दरले हुने रु ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरणकाे प्रस्ताव हुनेछ ।गर्नेछ ।
युनिक नेपाल लघुवित्त
युनिक नेपाल लघुवित्तको सभा बाँकेकाे कोहलपुर, न.पा–४, होटल सेन्ट्रल प्लाजामा बिहान १० बजे बाेलाइएकाे छ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग मर्जरमा जानका लागि लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु रहेका छन ।
त्रिशूली जलविद्युत कम्पनी
त्रिशूली जलविद्युत कम्पनीको साधारण सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा लाभांशकाे एजेण्डा छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने भएकाे छ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिने भएकाे छ ।
पञ्चकन्या माई हाइड्रोपावर
पञ्चकन्या माई हाइड्रोपावरले दुइ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । सभा कुपण्डोल ब्यांकेट, कुपण्डोलमा पूर्वान्ह ११ बाेलाइएकाे छ । सभामा लाभांश सम्बन्धी प्रस्ताव पेश हुनेछैन। आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब लगायतका विषयमा छलफल गरिनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




