कोशी र गण्डकीमा आंशिक बदली, तराईमा हुस्सु-कुहिरो

-



     सफल आवाज    
     पौष २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएकाे छ ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेकाे जनाएकाे छ । बाँकी रहेका भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको जनाएकाे छ।

आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएकाे छ।