विदेशी मुद्रा साट्दै हुनहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     पौष २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरो लगायतका अन्य केहि देशहरूको मुद्राको भाउ पनि घटेको बैंकले जनाएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६९ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ५० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ६६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०० रुपैयाँ १७ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः