
काठमाडौं, २५ पुस । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि ९ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्काशन गरेकाे छ । कमपनीका अनुसार उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर खुलाइएकाे हाे ।
उद्योग प्रभावित क्षेत्र नवलपारासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र रहेकाे पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ रहेका छन् ।
साथै निस्दी गाउँपालिकाको वडा नं. ७ का स्थानियका लागि साे सेयर निष्काशन गरिएकाे हाे । यस्तै कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्काशन गरेकाे छ ।
लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिन पाइने भएकाे छ । यसमा घटीमा ५० तथा बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
सेयर भर्नका लागि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले माघ १० गतेसम्म आवेदन दिनु पर्नेछ । ताेकिएकाे मितिसम्म पुरा आवेदन नपरेमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले माघ १० गतेसम्म आवेदन पाउनेछन्।
सेयरमा लगानीका लागि नवलपरासीमा रहेकाे ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक तथा तोकिएका शाखाहरुबाट आवेदन दिन पाइनेछ । खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यसकाे सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




