
काठमाडौं, २५ पुस । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर कायम गरिएकाे जनाएकाे छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको जनाएकाे छ ।
पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ महिनादेखि ८.०६५ प्रतिशतमा झार्ने जनाएकाे छ।
संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ भने पुस महिनामा ६.६७ प्रतिशत ब्याजदर कायम रहेकाे छ ।
बैंकहरुले गएकाे ३ महिनादेखि ब्याजदर घटाइरहेका छन् तर बैंकहरुमा दैनिक निक्षेप बढेकाे छ। निक्षेप बढेपनि यसकाे तुलनामा कर्जाकाे लगानी भने बढ्न सकेकाे छैन। यसले गर्दा बैंकमा लगानीयोग्य रकम थुप्रिरहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




